ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा सुन र नगद चोरी

बुधबार ०३, बैशाख २०८२ १०:१९

कञ्चनपुर । कञ्चनपुरमा सुन र नगद चोरी भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका– ७ कलुवापुर बस्ने खगेश्वरी बोहराको घरमा चोरी भएको हो । 

प्रहरीका अनुसार रातको समय चोरले दुई तोला बराबरको सुनका गरगहना र नगद १० हजार रुपैयाँ गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका हुन् ।

 प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया