ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मन्त्री पालद्वारा आगलागीबाट क्षतिग्रस्त जयगढ बजारको निरीक्षण

बिहिबार ०४, बैशाख २०८२ ०५:१५

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आगलागीबाट क्षतिग्रस्त अछामको जयगढ बजारको निरीक्षण गरेका छन् । 

त्यहाँ मन्त्री पालले क्षतिग्रस्त संरचनाको निरीक्षणसंगै प्रभावितहरुलाई भेटेका थिए । भेटे न्त्री पालले पहिलो चरणमा प्रदेश सरकारले राहतस्वरूप ५० लाख दिने निर्णय गरिसकेको जानकारी गराए । 

थप आवश्यक राहत तथा सहयोगका लागि पहल गरेर व्यवस्थापन गर्ने उनको भनाई थियो । मन्त्री पालसँगै एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी समेत प्रभावित क्षेत्र पुगेका थिए ।

उनीहरूले त्यहाँ गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिसँग पनि छलफल समेत गरेका थिए । 

प्रतिक्रिया