ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा पूर्ववडाध्यक्षको मृत्यु, भेटियो सुसाइड नोट

बिहिबार ०४, बैशाख २०८२ ०५:३२

धनगढी । कैलालीमा पूर्ववडाध्यक्षको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उनको घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

दिउँसो १ बजे घोडाघोडी नगरपालिका– ९ को सिमली खोला नजिकै शाह फेला परेका थिए । घरमा काम छ भनेर निस्केका शाहलाई गाउँलेले जङ्गल तिर गएको प्रहरीलाई जनाएपछि प्रहरीले सिमली जङ्गलमा शाहलाई बेहोस अवस्थामा फेला पारेको जनाइएको छ । 

प्रहरीका अनुसार सुसाइट नोट पनि फेला परेको छ । प्रहरीलाई प्राप्त सुसाइट नोटमा ‘म यो संसारमा रहन्न’ लखिएको छ । 

०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट शाहले वडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष पनि हुन् । 

प्रतिक्रिया