ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा विदेशी नागरिक मृत भेटिए

शुक्रबार ०५, बैशाख २०८२ १०:५९

धनगढी । टुरिस्ट भिसामा नेपाल आएका विदेशी नागरिक कैलालीमा मृत फेला परेका छन् । बिहीबार राति साढे ९ बजे इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार गोर बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएका हुन् ।

‘उनी गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए,’ डीएसपी बोहराले भने, ‘बिहीबार राति आफ्नै कोठामा उनी मृत भेटिएको हुन् ।’

डीएसपी बोहराका अनुसार मृतक गोरको शव परीक्षणका लागि टीकापुर अस्पताल पठाइएको छ । 

प्रतिक्रिया