धनगढी । कञ्चनपुरमा अचेत अवस्थामा भेटिएका वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–९ का वडा अध्यक्ष जनकबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार ४५ वर्षीय वडा अध्यक्ष बिष्ट बुधबार दिउँसो बेदकोट ताल नजिक जंगलमा अचेत भेटिएका थिए । ‘उपचारका लागि बिष्टलाई महाकाली प्रादेशिक अस्पतालमा पुगाइएको थियो,’ प्रहरी निरीक्षक शर्माले भने, ‘उपचारकै क्रममा बुधबार राति मृत्यु भएको छ ।’
प्रहरी निरीक्षक शर्माका अनुसार वडा अध्यक्ष बिष्टको बिस सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया