धनगढी । कैलालीमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षका सन्जु दमाईलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार उनी सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
युवतीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा दमाईलाई पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिए ।
प्रतिक्रिया