ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुला र बैतडी भएर बग्ने चौलानी नदी किनारमा पुरुष मृत फेला

बिहिबार ११, बैशाख २०८२ ०३:४६

दार्चुला । दार्चुला र बैतडी सीमा नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार दिउँसो अन्दाजी ४५ वर्षीय पुरुषको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लेकम गाउँपालिका–१ खेतालीस्थित चौलानी नदीको किनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।

उक्त शवको हालसम्म पहिचान हुन सकेको छैन । शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।

प्रतिक्रिया