ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा चार जना फरार प्रतिवादी पक्राउ

शुक्रबार १२, बैशाख २०८२ १०:४५

धनगढी । कञ्चनपुरमा चार जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला गर्दै कैद सजाय तथा जरिबाना तोकेर दोषी ठहर गरेर फरार रहेका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा तीन महिना कैद सजाय पाएका बेदकोट– ६ का २४ वर्षीय निश्चल केसी, सोही ठाउँका २५ वर्षीय प्रदीप मार्कण्ड भण्डारी,  सवारी ज्यान मुद्दामा तीन महिना कैद सजाय पाएका बेदकोट– २ का २३ वर्षीय अनिल चौधरी र सवारी ज्यान मुद्दामा एक महिना कैद सजाय र दुई हजार जरिबाना सुनाइएका कृष्णपुर– ७ का ३८ वर्षीय भोजराज डगौरा रहेका छन् । 

प्रतिक्रिया