ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा देउता चढेको भन्दै नदीमा हाम फालेकी युवती बचाउन गएका युवकको मृत्यु

शुक्रबार १२, बैशाख २०८२ ०५:०३

बाजुरा । बाजुराको बुढीगंगा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीय गणेश नेपालीको बुढीगंगामा डुबेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार त्रिवेणी नगरपालिका–८ मा रहेको धार्मिकस्थल त्रिवेणीधाममा देउता आएको भन्दै ३२ वर्षीया अञ्जली नेपालीले नदीमा हाम फालेकी थिइन् । 
पछि उनलाई बचाउन गएका नेपालीको नदीमा डुबेर मृत्यु भएको हो । 

अञ्जलीसहित दुई महिला गम्भीर छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया