ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र भारतीय विदेश राज्यमन्त्री सिंहबीच भेटवार्ता

शुक्रबार १९, बैशाख २०८२ ०९:०६

धनगढी । भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंह र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटघाट भएको छ । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको स्वागतमा विदेश राज्यमन्त्री सिंहले बिहीबार दिवाभोज कार्यक्रम आयोजना गरेका थिए । 

मुख्यमन्त्री शाह र विदेश राज्यमन्त्री सिंहबीच नेपाल–भारतबीचको वर्षौदेखिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा रहेको सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटमा भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो । 

सोही अवसरमा मुख्यमन्त्री शाहले भारत सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई भ्रमणको निमन्त्रणा गरेकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आइरहेको स्मरण गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चि प्रदेशको विकासमा पनि भारत सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको बताए । 

दार्चुलामा निर्माणाधिन पुल छिटोभन्दा छिटो निर्माण गर्ने, बैतडी र डल्डेधुरामा पुल निर्माण प्रक्रिया तत्काल सुरु गर्ने विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ । साथै तिकुनियाँ–खक्रौलासम्मको सडक छिटो सम्पन्न गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालका अनुसार मुख्यमन्त्री शाह र भारतका विदेश राज्यमन्त्री सिंहबीच नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका विषयमा पनि कुनाकानी भएको थियो । साथै श्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर जलविद्युत आयोजना, बेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको विषयमा कुराकानीसंगै सम्भावनाका विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया