ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नयाँ आर्थिक वर्षदेखि आन्तरिक रोजगारी दशक

शुक्रबार १९, बैशाख २०८२ ०४:०९

सरकारले आर्थिक वर्ष २०८२/८३ देखिको दशकलाई आन्तरिक रोजगारी दशक घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको घोषणा गरेका हुन् ।

आधारभूत श्रम मापदण्डको कार्यान्वयन, दक्ष जनशक्तिको पलायन रोक्ने, देशभित्रै उद्यामशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्न यस्तो घोषणा गर्न लागिएको हो ।  

नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई समेत सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्था र मापदण्ड बनाउनेसमेत उल्लेख गरिएको छ । 

प्रतिक्रिया