ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तराखण्डका तीन मन्त्रीबीच भेटवार्ता

शनिबार २०, बैशाख २०८२ ११:३८

धनगढी । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार भारतको उत्तराखण्ड प्रदेशका तीनजना मन्त्रीसँग भेटघाट गरेका छन् ।

मुख्यमन्त्री शाहले वनमन्त्री सुवोद उनियाल, पर्यटनमन्त्री सतपाल महाराज र कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् । भेटमा पर्यटन प्रबर्द्धन र आधुनिक कृषि खेतीका विषयमा कुराकानी भएको थियो ।

नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारीकरणमा जोड दिनुपर्नेमा कृषिमन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो ।

पर्यटनमन्त्री सतपाल र मुख्यमन्त्री शाहबीच धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल भएको थियो । १६ गते एक साताको लागि भ्रमणमा निस्किएको मुख्यमन्त्री शाहसहितको टोलीले प्रदेशको विकास र सम्बृद्धिका लागि भारतमा छलफल गरिरहेको हो ।

मुख्यमन्त्रीसहितको टोली २२ गते फर्किने छ ।

प्रतिक्रिया