सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार प्रतितोला २ हजार १५० मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया