सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत मंगलबार सुन प्रतितोला १ लाख ९० हजार र चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया