धनगढी । कैलालीका स्थानीय तहमा आर्थिक अनियमिता बढ्दै गएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कैलालीका १३ स्थानीय तहले ४७ करोड ६९ लाख २४ हजार २९३ रुपैयाँ अनियमित खर्च गरेको महालेखा परीक्षकले लेखेको छ । योसंगै ती स्थानीय तहको चार अर्ब ११ करोड सात लाख २६ हजार १९६ रुपैयाँ बेरुजु पुगेको छ ।
महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गरी हालै सार्वजनिक गरेको प्रतिवेदनमा कैलालीका स्थानीय तहले नौ करोड ३७ लाख नौं हजार २०५ रुपैयाँ असुल नै गर्नुपर्ने बेरुजु उल्लेख गरिएको छ । सबैभन्दा बढी मोहन्याल गाउँपालिकाको दुई करोड ९० लाख ६१ हजार ६७८ असुल गर्नुपर्ने बेरुजु छ । दोस्रोमा टीकापुर नगरपालिकाको एक करोड ५६ लाख २६ हजार ५८५ र तेस्रोमा धनगढी उपमहानगरपालिकाको ९५ लाख ८९ हजार ६०३ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु छ ।
यसैगरी, सबैभन्दा बढी अनियमित भएको बेरुजु पनि मोहन्यालकै छ । मोहन्यालले सात करोड छ लाख ७२ हजार ८०२ बेरुजु गरेको हो । दोस्रोमा लम्कीचुहा नगरपालिकाले पाँच करोड ५७ लाख ८८ हजार २०८ र तेस्रोमा गोदावरी नगरपालिकाले पाँच करोड आठ लाख ७३ हजार ६१५ बेरुजु गरेको छ ।
योसंगै गोदावरी नगरपालिकाको सबैभन्दा बढी ५४ करोड ३७ लाख ८० हजार ६१५ रुपैयाँ हालसम्मको कुल बेरुजु पुगेको छ । हालसम्मको कुल बेरुजुमा दोस्रो धेरै रहेको घोडाघोडी नगरपालिकाको ५२ करोड ७१ लाख ७० हजार १५५ र तेस्रो धेरै रहेको लम्कीचुहाको ५२ करोड ६४ लाख २९ हजार ७२२ रुपैयाँ पुगेको छ ।
लम्कीचुहाको पाँच लाख ८० हजार ८८७, जोशीपुर गाउँपालिकाको तीन लाख ४९ हजार ८८, जानकी गाउँपालिकाको १४ लाख ६९ हजार ७४९, गोदावरीको बेरुजु ३५ लाख २१ हजार ८३, घोडाघोडीको २९ लाख ३७ हजार ४९५, गौरीगंगाको ८९ लाख ७१ हजार ६५४, चुरे गाउँपालिकाको ९२ लाख ४४ हजार ७४९, ४० लाख १३ हजार ८६५ र बर्दगोरिया गाउँपालिकाको १६ लाख ६६ हजार ९४५ असुल गर्नुपर्ने बेरुजु छ ।
यसवर्षको कुल बेरुजु मोहन्यालको २७ करोड ९३ लाख १३ हजार ६५२ रुपैयाँ, टीकापुरको चार करोड २९ लाख सात हजार ४१६, जोशीपुरको ९६ लाख ७९ हजार ४७५, जानकीको एक करोड ५५ लाख ८९ हजार ५६३, घोडाघोडीको तीन करोड १७ लाख ४९ हजार ३१२, गौरीगंगाको तीन करोड २० लाख ९५ हजार ३३१, धनगढीको चार करोड ७२ लाख ६९ हजार १३७, चुरेको दुई करोड ५३ लाख ६५ हजार ९२९, भजनीको चार करोड ७४ लाख ९४ हजार ६७९ र बर्दगोरियाको एक करोड ३६ लाख १४ हजार २४७ रुपैयाँ छ ।
यसवर्षको बेरुजु थपिएसंगै टीकापुरको ३४ करोड ५१ लाख ५० हजार २२१, जोशीपुरको, १२ करोड ९७ लाख २३ हजार ४७५, जानकीको २१ करोड ३० लाख ५५ हजार ५६३, गौरीगंगाको ३३ करोड ३६ लाख तीन हजार ५३८, धनगढीको ३० करोड ६८ लाख ५७ हजार ६४९, चुरेको १६ करोड ७१ लाख चार हजार ९३०, भजनीको ३७ करोड ३९ लाख ६१ हजार ८१५ र बर्दगोरियाको १८ करोड ४२ लाख ५० हजार २८२ रुपैयाँ बेरुजु पुगेको छ ।
लम्कीचुहाको एक अर्ब ८५ करोड ४७ लाख ९२ हजार ५५३ रुपैयाँ, मोहन्यालका ९७ करोड २७ लाख ५८ हजार, टीकापुरको एक अर्ब ५६ करोड ७३ लाख ७२ हजार, जोशीपुरको एक अर्ब १० करोड ४० लाख ४३ हजार ७३७, जानकीको एक अर्ब ५६ करोड २१ लाख १३ हजार १७४, गोदावरीको तीन अर्ब ८१ लाख ३७ हजार, घोडाघोडीको दुई अर्ब २२ करोड ३८ लाख ९२ हजार ८५६, गौरीगंगाको एक अर्ब ८४ करोड ६७ लाख ४० हजार, धनगढीको चार अर्ब ४१ करोड ७७ लाख २८ हजार ५८७, चुरेका ९० करोड ४१ लाख ८३ हजार, भजनीको एक अर्ब ५३ करोड चार लाख ७५ हजार र बर्दगोरियाको एक अर्ब २५ करोड ५९ लाख ८१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको महालेखा परीक्षकले जनाएको छ ।
प्रतिक्रिया