धनगढी । सुदूरपश्चिमका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२/०८३ मा सुदूरपश्चिम विश्वविद्यालयको आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ ।
प्रतिनिधिमण्डलले दार्चुलाको शंकरपुर क्याम्पस पस्ती, भानु बहुमुखी क्याम्पस दोधराचाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मंगलसेन, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस डोटी, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस कञ्चनपुर, पुचौडी बहुमुखी क्याम्पस हाँट बैतडीलाई आंगिक बनाउन भनिएको छ ।
यस्तै बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भीमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न माग गरिएको छ ।
प्रतिक्रिया