धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भदौ २८ गते निर्वाचन हुने भएको छ ।
संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचनका लागि सदस्यता नविकरणको समय भदौ १३ गतेसम्म राख्ने बैठकले निर्णय गरेको छ ।
संघका प्रेस सल्लाहकार हिमाल जोशीका अनुसार निर्वाचन समिति पनि गठन गरिएको छ ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जोशीले जानकारी दिए ।
प्रतिक्रिया