ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कारागार घटना : गम्भीर घाइतेको आइसियूमा राखेर उपचार हुँदै

शनिबार २४, साउन २०८२ ०९:३९

धनगढी । जिल्ला कारागार कैलालीमा भएको झडपमा घाइतेमध्ये एक जनाको आइसीयुमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गम्भीर घाइते रबी चौधरी आइसीयुमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । जोशीका अनुसार अर्का गम्भीर घाइते जगदीस रानाको अपरेशन थिएटरमा राखिएको छ ।     

कारागारमा कैदीबन्दीबिच हिजो राती झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । झडपमा धनगढी उपमहानगरपालिका–४, भरत चौधरीको मृत्यु भएको हो । 

गम्भीर घाइते चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएपछि मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक चौधरी लागुऔषध मुद्दाका कैदीबन्दी हुन् । उनको शब सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान कडाइ गरेको छ । गत बिहीबार पनि कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका थिए ।   
 

प्रतिक्रिया