ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारमा झडप : घाइते भेट्न आफन्तलाई रोक

शनिबार २४, साउन २०८२ १०:४५

धनगढी । कैलाली कारगारमा भएको झडपमा घाइते भएका कैदीबन्दीका आफन्तलाई भेट्न रोक लगाइएको छ । घाइते कैदीबन्दीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेकोमा आफन्तलाई भेट्न नदिइएको हो । 

घाइते ४७ जनामध्ये दुई जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने एक जनालाई शल्यक्रिया कक्षमा राखिएको छ । अन्य सबै घाइते कैदीबन्दीलाई सेतीको कोरोना अस्पतालमा राखिएको छ ।

अस्पतालबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । घाइतेका आफन्त अस्पतालबाहिर जम्मा भएका छन् । उनीहरुले भेट्न नदिएको र घटनाबारे प्रहरी प्रशासनले कुनै जानकारी पनि नदिएको बताएका छन् । 

शुक्रबार राति कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । शुक्रबार बिहानैदेखि ब्लक ‘ए’ र ब्लक ‘बी’का कैदीबन्दी ढुंगा हानाहान भइरहेको थियो । 
 

प्रतिक्रिया