धनगढी । जल तथा मौसम विज्ञान विभागले आज देशका केही जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
विभागको पूर्वानुमानअनुसार अधिकांश जिल्लामा आकस्मिक बाढीको न्यून जोखिम रहेको भए पनि सुदूरपश्चिमका केही जिल्लामा मध्यमदेखि उच्च जोखिमको सम्भावना देखिएको छ ।
विशेषगरी दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम लगायतका जिल्लाका साना नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको र ती क्षेत्रमा मध्यम जोखिम कायम रहेको विभागले जनाएको छ ।
त्यसैगरी कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा रहेका साना नदीहरूमा भने आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । यी क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र स्थानीय निकायको निर्देशन पालना गर्न विभागले अनुरोध गरेको छ ।
हालको पूर्वानुमान अनुसार अति उच्च जोखिम कुनै पनि जिल्लामा छैन ।
प्रतिक्रिया