ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभा र कानुन मन्त्रालयमा आगजनी

मङ्गलबार २४, भदौ २०८२ ०१:४७

धनगढी । कैलालीको धनगढीमा कर्फ्यु आदेशका बीच प्रदर्शन जारी राखिएको छ । जेनजी प्रदर्शनकारीले आन्दोलन सरकारी कार्यालयमा ताडफोड र आगजनी गरिरहेका छन् । 

यसैबीच सुदूरपश्चिम प्रदेशसभामा पनि तोडफोड र आगजनी गरिएको छ । यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्य न्यायाधिवत्ताको कार्यालयमा पनि आगजनी गरिएको छ । 

यसअघि पनि प्रदर्शनकारीले पार्टीका कार्यालय र सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । उनीहरुले धनगढी उपमहानगरपालिका– १ मा रहेका नेकपा एमाले र काँग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । 

यस्तै, धनगढी– ४ मा रहेको काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा पनि आगजनी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पार्किङ गरिएको सरकारी गाडी तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले धनगढी उपमहानगरपालिका– ४ स्थित प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरेका छन् । 
 

प्रतिक्रिया