ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना

बुधबार २५, भदौ २०८२ ११:०९

धनगढी । मंगलबारको आन्दोलनमा कैलालीमा अर्बौंका सरकारी संरचना ध्वस्त भएका छन् । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा जलाइएका सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् ।

सरकारी कार्यालय निसाना बनाएका प्रदर्शनकारीले धनगढीमा मात्रै मुख्यमन्त्री कार्यालय, प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, सीटीईभीटीको प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार, यातायात लगायतका दर्जन बढी सरकारी कार्यालय छानीछानी आगो लगाएका छन् ।

प्रदर्शनका क्रममा दर्जनौं सरकारी गाडी पनि जलाइएको छ । धनगढी उपमहानगरका केही वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहका भवनमा पनि आगजनी गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णप्रसाद लम्सालले परिस्थिति अत्यन्तै बिग्रेको र सबै तहसनहस पारिएको बताए । `सबै सकिएको छ, केही बाकी छैन, अब बन्ने अन्तरिम सरकारले जे निर्देशन दिन्छ त्यहीँ गरुला,´ उनले भने । 

प्रतिक्रिया