ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

शुक्रबार ०३, असोज २०८२ १२:१२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस मनाएको छ । नेपालको संविधान जारी भएको १० वर्ष पूरा भएको अवसरमा सरकारले शुक्रबार प्रदेश राजधानी धनगढीमा औपचारिक कार्यक्रम गरी दिवस मनाइएको हो ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्री, सांसद र कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा मुख्यमन्त्री शाहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले मार्गचित्र प्रदान गरेको स्मरण बताए । 

‘यसवर्षको संविधान दिवस हामीले गहिरो पीडा र मिश्रित भावनाका साथ मनाइरहेका छौं,’ मुख्यमन्त्री शाहले भने, ‘जेनजी युवा पुस्ताद्वारा आह्वान गरिएको प्रर्दशनका क्रममा हालै भदौ २३ र २४ गतेका दिन भएका दुःखद घटनाले हामीलाई गहिरो पीडा र शोकमा डुबाएको छ । हाम्रो समाजलाई स्तब्ध बनाएको छ ।’

मुख्यमन्त्री शाहले नेपालको संविधानले नेपालीलाई नागरिक स्वतन्त्रताको प्रत्याभूत गर्नुका साथै देशको विविधतालाई सम्मान गर्ने, न्याय र समान अवसरलाई संस्थागत गर्ने तथा शासन प्रणाली वास्तवमै जनताको हातमा रहको सुनिश्चितता प्रदान गरेको बताए । 

 

प्रतिक्रिया