ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पत्रकार महासंघ निर्वाचन : यी हुन् सुदूरपश्चिमका जिल्ला अध्यक्ष

शनिबार २९, मङि्सर २०८१ १२:४८

धनगढी । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन भएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको थियो । केही जिल्लामा भने सर्वसम्मत रुपमै नेतृत्व चयन भएको थियो भने केही जिल्लामा मतदान भएको थियो । 

कैलाली
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा श्रवण देउवा चयन भएका छन् । उनी निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्ष महिलामा भावना जोशी, सहसचिवमा शंकर बोहरा पनि निर्विरोध भएका थिए । महासंघको उपाध्यक्षमा बिराज रोस्यारा निर्वाचित भएका छन् । उनी १०४ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी झलनाथ खनालले ४१ मत पाएका छन् । यस्तै सचिवमा तेजराज भट्ट निर्वाचित भएका छन् । उनी सय मतका साथ विजयी भएका हुँदा उनका प्रतिद्वन्द्वी सुशील ढुंगानाले ४७ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा सुनिल आउजी विजयी भएका छन् । उनी ९६ मतका साथ विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी घनश्याम पौडेलले ४४ मत पाएका छन् । यस्तै सहसचिव (समावेशी) मा निराजन परियार विजयी भएका छन् । उनी ७९ मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी सुरेन्द्र ताम्राकारले ५३ मत पाएका छन् ।

यस्तै खुला सदस्यमा बालकृष्ण ओझा १०४ मत, कैलाश जोशी ९८ मत, दिनेश विष्ट ९६ मत, गगन अयडी ८५ मत, रतनलाल चौधरी ८४ मत, वीरेन्द्र शाह ७४ मत, लोकु सिंह ठकुरी ६९ र चन्द्र प्रसाद खनाल ६८ मतका साथ विजयी भएका छन् । यस्तै महिला सदस्यमा अनिता चौधरी ८७ मतका साथ निर्वाचित भएकी छिन । उनकी प्रतिद्वन्द्वी रमा चन्दले ५२ मत पाएकी छिन । दलित सदस्यमा विवेककुमार नागरीले ७७ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी मंगल विकले ५३ मत पाएका छन् । टेकसिंह धामी, जगत जैगडी र सुधराम दहिल यसअघि नै निर्विरोध सदस्य भएका थिए । 

कञ्चनपुर 
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन् । धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिए । साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भइन् । 

सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । सहसचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सहसचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् । साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन् ।

महिला सदस्यमा ऐश्वर्या कुवँर निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु) ५९ मतसहित विजयी भए ।  खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा एक सय सात जनाले मतदान गरेका थिए । 

दार्चुला 
पत्रकार महासंघ दार्चुलामा सहसचिव पद बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । राजेन्द्रसिंह धामी अध्यक्षमा निर्विरोध भएका थिए । उपाध्यक्षमा गणेशसिह धामी, महिला उपाध्यक्षमा बिमला भुजेल धामी, सचिवमा सुन्दरसिह धामी, समावेशी सहसचिवमा सोहिता बोहरा र  कोषाध्यक्षमा ललितसिह सामन्त निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका समितिका संयोजक नरेन्द्रसिह कार्कीले जानकारी दिए । खुला सहसचिवमा भने हरिप्रसाद जोशी विजयी भएका छन् । 

डडेल्धुरा
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको अध्यक्षमा हिक्मतबहादुर सिंह निर्वाचित भएका छन् । पुष्कर भण्डारीलाई एक मतले हराउँदै सिंह अध्यक्षमा विजयी भएका हुन् । सिंहले ३२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी भण्डारीले ३१ मत पाए । सिंह अध्यक्षमा दोहोरिएका हुन् । 

जिल्ला कार्यसमितिको उपाध्यक्षमा गणेश रोकालाई हराउँदै ललितसिंह बोहरा विजयी भएका छन् । महिला उपाध्यक्षमा पार्वतीकुमारी बोहरा विजयी भएकी छिन् । समितिको सचिवमा भीमबहादुर खत्री विजयी भएका छन् भने सहसचिव समावेशीमा विमल जैरु विजयी भएका छन् । 

जिल्ला कार्यसमितिको सहसचिवमा टीकाराम साउद र कोषाध्यक्षमा भक्तबहादुर गाहा विजयी भएका छन् । समितिको सदस्यमा शेरबहादुर भण्डारी, अर्जुन धामी, विमलप्रसाद बोहरा, दीपकराज भट्ट र कमला शाही विजयी भएका छन् । महिला सदस्यमा पदमाकुमारी साउद र ललिताकुमारी रावलले समान ३१÷३१ मत पाएका छन् । दलित सदस्यमा रूपा दमाई र जनजाति सदस्यमा भावना थापामगर यसअघि नै निर्विरोध भइसकेका छन् । 

बैतडी
नेपाल पत्रकार महासंघ बैतडी शाखामा अध्यक्ष र कोषाध्यक्ष बाहेकका अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका थिए । त्यहाँ अध्यक्षमा नरी बडू विजयी भएका छन् । लोकेश साउँदलाई पराजित गर्दै उनी विजयी भएका हुन् । कोषाध्यक्षमा करुणाकर भट्ट विजयी भएका छन् । निर्विरोध हुनेहरूमा खुला उपाध्यक्षमा लक्ष्मण बिसि, महिला उपाध्यक्षमा रतना कलौनी, सचिवमा विनोद विष्ट, सहसचिवमा केशवराज भट्ट, समावेशी सहसचिवमा मंगेश दयाल रहेका छने । 

यस्तै शाखाका सदस्यहरूमा गौरव चन्द,सरस्वती मडै, डम्बर बोहरा, विरेन्द्र विष्ट, मदनराज भट्ट, राधिका भट्ट, प्रताप दमाई, र विमला भट्ट निर्विरोध चयन भएका छन् । 

डोटी 
पत्रकार महासंघ डोटीको अध्यक्षमा प्रकाश बम विजयी भएका छन् । उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत, सचिवमा विक्रम खड्का, कोषाध्यक्षमा दीपेन्द्र खड्का, सहसचिवमा एकेन्द्र चन्द र प्रतिक्षा धामी चयन भएका छन् । 

बाजुरा 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन समितिका अनुसार पत्रकार महासंघ बाजुराको अध्यक्षमा पदमबहादुर सिंह सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा संगिता तिमिल्सेना, रमित विक, सचिवमा प्रेमबहादुर रौले, सहसचिवमा जनक बोहरा र राजेन्द्र विक, कोषाध्यक्षमा उमेश शाही निर्विरोध चयन भएका छन् । सदस्यमा सोधा नेपाली, सन्तोष जैशी, धनकृष्ण विक, धर्मीकुमारी बुढा, धनरुप कामी, उमेश रोकाया रहेका छन् । 

अछाम
नेपाल पत्रकार महासंघ अछामको अध्यक्षमा रमेश रावत विजयी भएका छन् । गीता कुँवरलाई पराजित गर्दै उनी विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा टेकबहादुर थापा र पवित्रा भण्डारी, सचिवमा भानु ढकाल, कोषाध्यक्षमा तारामान खड्का, सहसचिवमा एकेन्द्र महता र सुरज सुनार विजयी भएका छन् । 

बझाङ
नेपाल पत्रकार महासंघ बझाङको अध्यक्षमामा भने ढेपबबहादुर बिष्ट र ललित सिंहले बराबर मत पाएका छन् । दुबै उम्मेदवारले ३३÷३३ मत पाएका हुन् । अध्यक्षका लागि टुंगो लगाउन निर्वाचन समिति छलफलमा जुटेको छ । यस्तै, उपाध्यक्षमा रुपक खड्का र तरुणा जोशी, सचिवमा प्रताप ओली, सहसचिवमा बिर्ख बोहरा र समिर खत्री र कोषाध्यक्षमा दोरन्द्र खड्का विजयी भएका छन् ।

प्रतिक्रिया