ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पत्रकार महासंघ सुदूरपश्चिममा शाह नेतृत्वको प्यानल विजयी

आइतबार ३०, मङि्सर २०८१ ०८:०३

कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन् । मीन बमलाई २४५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शाह निर्वाचित भएका हुन् ।

उपाध्यक्षसहितका अन्य पदमा पनि शाहकै प्यानलका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा डडेल्धुराका राम धामीलाई पराजित गर्दै डडेल्धुराकै मानबहादुर साउद निर्वाचित हुँदा महिला उपाध्यक्षमा कैलालीकी कालीमैंया चौधरीलाई पराजित गर्दै कञ्चनपुरकी हेमन्ती डगौरा चौधरी निर्वाचित भए ।

धामीले २८० मत पाउँदा साउदले ३३३ मत पाएका थिए । महिला उपाध्यक्षमा कालीमैंयाले २६१ मत पाउँदा हेमन्तीले ३३६ मत पाइन् ।

महासचिवमा कैलालीका हरि जोशीलाई पराजित गर्दै कैलालीकै शिवराज भट्ट निर्वाचित भए । जोशीले २६८ मत पाउँदा भट्टले ३४८ मत ल्याए । सचिवमा अछामका धनराज साउदले डडेल्धुराका भुवनेश्वरप्रसाद बोहरालाई पराजित गरे । साउदले ३९६ मत पाउँदा बोहराले १७३ मत पाए ।

समावेशी सचिवमा कैलालीका मुकेश टेर्रालाई पराजित गर्दै कैलालीका इन्द्राकुमारी केसी इन्दु निर्वाचित भइन् । टेर्राले २३० मत पाउँदा केसीले ३५५ मत ल्याइन् । कोषाध्यक्षमा कैलालीका हरिश विकलाई पराजित गर्दै डडेल्धुराका वरुण पनेरु निर्वाचित भए । विकले २१९ मत पाउँदा पनेरुले ३७६ मत ल्याए ।

सदस्यहरूमा शाह प्यानलका उम्मेदवारहरू अर्जुनबहादुर सिंहले ४२४, केशवदत्त भट्टले ४२८, कृतबहादुर विष्टले ४२१, दिनेशबहादुर कडायतले ३६४ र रमेशकुमार केसीले ३२३ मत पाएर विजयी भए ।

यसअघि समावेशी तीन महिला सदस्य, दलित, जनजाति, मधेशी र अल्पसङ्ख्यक गरी ८ जना निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया