धनगढी । दसैँ लगायतका चाडपर्व मनाउनका लागि स्वदेश फर्किनेको सीमा नाकामा लर्को लागेको छ । त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक हजारौ नेपाली स्वदेश फर्किरहेका छन् ।
तर, स्वदेश फर्किने क्रममा नाकामा व्यवस्थापन राम्रो नहुँदा नेपालीहरुले दुख पाइरहेका छन् । नेपालीमाथि भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । भीडका कारण नाकामा घण्टौं कुर्नुपर्ने बाध्यता रहेको स्वदेश फर्किरहेका कैलालीका अर्जुन साउँदले बताए । उनले नाकामा सहजीकरणका लागि नेपाली प्रशासनले केही पनि काम नगरेको गुनासो पोखे ।
स्वदेशमा रोजगारी नभएको भन्दै कामका लागि विदेशिने सुदूरपश्चिम प्रदेशवासीको पहिलो रोजाइमा भारत पर्दै आएको छ । यकिन तथ्यांक नभए पनि सुदूरपश्चिमका लाखौँ नागरिक भारतका विभिन्न राज्यमा रोजगारी गर्दै आएका छन् ।
प्रतिक्रिया