ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन असोज २५ गते

बिहिबार ०९, असोज २०८२ १२:०४

धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा तथा चुनावी अधिवेशन असोज २५ गते भएको छ । सर्वपक्षीय भेलाले जेनीजी आन्दोलनका कारण देशमा विषम परिस्थिति उत्पन्न भएपछि स्थगित भएको अधिवेशन २५ असोजमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले असोज २५ गते धनगढीमा हुने ५१औं साधारणसभा तथा चुनावी अधिवेशनमा सहभागी हुन सबै उद्योगी व्यवसायीहरुलाई एक भिडियो सन्देशमार्फत् आग्रह गरे ।

भदौ २८ गते गर्ने भनिएको अधिवेशन भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भएपछि देशमा कफ्र्यु लागेकाले चुनाव स्थगित गरिएको थियो । दसैं र तिहारको बिचमा उपयुक्त मिति निर्धारण गरी अधिवेशन गरिने सहमतीअनुसार सर्वपक्षीय बैठकले सो मिति निर्धारण गरेको संघका अध्यक्ष कुँवरले बताए । 

संघको २२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भई उम्मेदवारहरुको अन्तिम नामावली पनि प्रकाशन गरिएको छ । अध्यक्ष पदका वर्तमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । संघको पदाधिकारी तथा सदस्य पदका लागि छ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष कुँवरका अनुसार संघका दुई हजार २७४ जना सदस्यले मतदानमा सहभागी हुन पाउने छन् । 
 

प्रतिक्रिया