ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले प्रवेश गरे साविक एकीकृत समाजवादीका नेता खड्कासहित युवाहरू

आइतबार २५, माघ २०८२ ०२:३७

धनगढी । साविक नेकपा एकीकृत समाजवादीका केन्द्रीय महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी कैलालीका सचिवालय सदस्य, खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा युवा संघका प्रदेश उपसचिव बहादुर खड्काको नेतृत्वमा दर्जनौँ सक्रिय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमालेका उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले खड्कासहित दर्जनभन्दा बढी युवाहरूलाई पार्टीमा स्वागत गर्दै संगठन थप सशक्त बनेको बताएका छन्।
स्वागत कार्यक्रममा बोल्दै भट्टले युवाशक्तिको प्रवेशले एमालेको जनआधार अझ फराकिलो बनेको र सुदूरपश्चिमको समग्र विकास यात्रामा नयाँ ऊर्जा थपिएको उल्लेख गरे।

पार्टी प्रवेशपछि बोल्दै युवा नेता बहादुर खड्काले देशमा युवाको वास्तविक प्रतिनिधित्व गर्ने, राष्ट्रिय हित र समृद्धिको स्पष्ट दिशासहित अघि बढिरहेको पार्टी नेकपा एमाले मात्र रहेको बताए।

उनले सुदूरपश्चिमको विकास र समृद्धिका लागि सतिसालझैँ अडिग भएर उभिएका नेता लेखराज भट्टको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा भट्टको जित सुनिश्चित भएको दाबी गरे।

खड्काले भ्रम र अफवाहमा नपरी विकास, स्थायित्व र समृद्धिको पक्षमा उभिन सबैलाई आग्रह गर्दै लेखराज भट्टलाई साथ दिन आम युवाहरूलाई आह्वान समेत गरे।

युवामाझ लोकप्रिय, संगठनात्मक रूपमा सबल र प्रभावशाली व्यक्तित्वका रूपमा परिचित बहादुर खड्काको एमाले प्रवेशलाई कैलालीको राजनीतिक समीकरणमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया