ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडी दुर्घटनाले एक आमालाई दिएको पीडा : छोरी पराइघर, छोराको स्वर्गवास

आइतबार २५, माघ २०८२ १२:१५

बैतडी । बैतडीमा जन्ती लिएर फर्किंदै गरेको बस दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार साँझ बस दुर्घटना भएको थियो ।

उत्तः दुर्घटनाले जन्तीको खुसीलाई क्षणभरमै शोकमा परिणत गरिदिएको थियो । सोही दुर्घटनामा ज्यान गुमाएका थिए, दुलकीका भाइ सुशील जोशीले । दुलहिकी आमाले छोरीलाई पराइघर पठाएको पीडा मेटिन नपाउँदै छोराको असामयिक निधनले खबर पाइन् । ‘छोरी पराइघर दिँदाको दुःख मनमै थियो । दिदी पु¥याउन गएको मेरो छोराले बाटोमै ज्यान गुमायो,’ उनी भन्छिन् ।

एउटै दिनमा छोरीको बिछोड र छोराको स्वर्गवास भोग्नुपर्दा जीवन नै शून्य बनेको उनको भनाइ छ । पुर्चौडी नगरपालिका–७, भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस बिहीबार उकालो र साँघुरो घुम्तीबाट खसेको थियो ।

प्रतिक्रिया