धनगढी । धनगढीस्थित राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम समितिले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर वृक्षारोपणसहित भेटघाट तथा दिवाभोज कार्यक्रम आयोजना गरेको हो ।
वार्षिकोत्सको अवसरमा बैंकको कार्यालय परिसरमा फलफुल र धार्मिक पयोजनामा प्रयोग हुने अमला, बेलपत्र, आँप, कागती, रुद्राक्ष, गुलमर, जामुनलगायतका बोटविरुवा रोपेको फियन सुदूरपश्चिम समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए ।
‘पर्यावरणको स्वच्छता र वातावरणीय सुन्दरताका लागि वृक्षारोपण गरेका छौँ’ उनले भने, ‘यसको अर्को उद्देश्य नगरपालिकाको हरित सहर निर्माण अभियानलाई सहयोग पुर्याउने पनि हो ।’
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिमका प्रादेशिक प्रमुख राजेन्द्र आचार्यले विरुवाको सम्बन्ध मानव सभ्यतासँग जोडिएको बताए । आचार्याले नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम समितिले कर्मचारीको पेशागत हकहितसंगै सामाजिक उत्तरदायित्व काम गर्दै आएको भन्दै खुशी व्यक्त गरे । उनले यस्ता क्रियाकलापले कर्मचारीबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै कार्यजीवनमा समेत उत्प्रेरणा ल्याउने बताए ।
राष्ट्रिय वाणिज्य बैंकको महेन्द्रनगर शाखा प्रबन्धक त्रिचन्द्र भण्डारीले वृक्षारोपण गर्ने कार्यको सह्राना गरे । उनले जरा बलियो भएमात्र रुख बलियो हुने उल्लेख गर्दै युनियन बलियो बनाउन यससँग सम्बद्ध सबैलाई एकतावद्ध गराएर अघि बढनु पर्ने धारणा राखे ।
रुद्राक्षको विरुवा रोपेर वृक्षारोपण कार्यको शुभारम्भ गरिएको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट ४० जनाभन्दा बढीको कर्मचारीको सहभागिता रहेको थियो ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) वाणिज्य बैंक सूदुरपश्चिम समितिले प्रत्येक वर्ष कर्मचारीलाई उत्प्रेरित गर्न खेलकुद, सेमीनार, वनभोज तथा भेटघाट कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया