डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । डोटीबाट डडेल्धुरा आउँदै गरेको लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नम्बरको बलेरो जिप डोटी–डडेल्धुरा जोड्ने केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३, मछलीखोलामा दुर्घटना भएको हो ।
जिप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले बताए । दुर्घटनामा परेर जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद र मदन साउँद तथा १६ वर्षका केशव साउँद घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था सामान्य छ र एक जनाको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
प्रतिक्रिया