बाजुरा । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर गम्भीर घाइते भएका बडीमालिका नगरपालिका–९ चौराटाका महावीर चदाराको उपचारका क्रममा मृत्यु भएको हो ।
गत मंसिर ३० गते बडीमालिका नगरपालिका–८ मा रहेको कैलाशपुर सामुदायिक वनमा दाउरा काट्ने क्रममा भीरबाट चिप्लिएर करिब एक सय ५० मिटर तल खसेर उनी गम्भीर घाइते भएका थिए ।
जिल्ला अस्पतालमा बाजुरामा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि पुगाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई अन्यत्र लैजान भनिएकोमा मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया