ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ सुरु, उत्कृष्टलाई टिममा अवसर

आइतबार २३, कार्तिक २०८२ ०१:००

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले कैलालीको धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गरेको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) आजदेखि सुरु भएको ट्यालेन्ट हन्ट भोलि पनि सञ्चालन हुने सुदूरपश्चिम रोयल्स प्रालिले जनाएको छ ।

टोलीका मुख्य प्रशिक्षक जगत टमटाले हन्टबाट उत्कृष्ट एक खेलाडीलाई छनोट गरेर रोयल्सको स्क्वाइडमा समावेश गरिने जानकारी दिए । ‘टिमको आवश्यकताअनुसार ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई पनि एनपीएलका खेलमा अवसर दिइने छ,’ टमटाले भने । 

ट्यालेन्ट हन्टको पहिलो दिन एक सय ३४ जना खेलाडीले सहभागिता जनाउने रोयल्सले जनाएको छ । ट्यालेन्ट हन्ट सञ्चालनका लागि टोलीका मुख्य प्रशिक्षक टमटासंगै रोयल्सका खेलाडीहरु विनोद भण्डारी, इशान पाण्डे, नरेन साउँद लगायतको सहभागिता रहेको छ । 

एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि यसअघि नै प्रशिक्षण सुरु गरिसकेको छ । टोलीका मालिक स्वतन्त्र प्रताप शाहले सुदूरपश्चिममै खेल मैदान उपलब्ध गराइए एनपीएल तयारी पनि आफ्नै प्रदेशमा गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया