धनगढी । कैलालीको धनगढीमा साना उमेरका विद्यार्थीहरूका लागि आयोजना हुने अन्तरविद्यालय क्रिकेट प्रतियोगिता ड्रिमर्स कपको घोषणा गरिएको छ । गो ड्रीमर्स प्रालिले साना क्रिकेटर, ठुला सपना भन्ने नाराका साथ ग्रासरुट लेबलमा खेलिरहेका क्रिकेटरको भविष्य उज्यालो बनाउने अभियान स्वरूप यो प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगितामा ६ कक्षामुनिका खेलाडीले सहभागिता जनाउन पाउने छन् । कात्तिक २५ गतेदेखि धनगढी–३ स्थित धनगढी क्रिकेट एकेडेमीको खेल मैदानमा सञ्चालन हुने संयोजक सन्दिप भट्टले जानकारी दिए । यो प्रतियोगिता १०–१० ओभरको क्रिकेट लिग टी–१० फरम्याटमा खेलाइनेछ । लिगमा एउटा टिमले चार खेल खेल्ने मौका पाउने छ ।
विजेता टोलीलाई नगद २२,२२२ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । उपविजेतालाई नगद ११,१११ सहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ ।
प्लेयर अफ द सिरिजले साइकल, उत्कृष्ट ब्याट्सम्यानले क्रिकेट ब्याट, उत्कृष्ट बलरले स्पोर्ट्स सुज, प्लेयर अफ द म्याचले ट्रफी र इमर्जिङ प्लेयरले डीसीएमा छात्रवृत्तिसहित क्रिकेट किट सेट प्राप्त गर्नेछन् ।
प्रतिक्रिया