काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने २ कात्तिकमा काठमाडौंको बालाजुबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया