बैतडी । पञ्चेश्वर गाउँपालिकामा धुरा जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिइएको छ । कात्तिक २४ र २५ गते पञ्चेश्वर गाउँपालिका–४ आम्चौरामा लाग्ने धुरादे जात्राको अवसरमा बिदा दिइएको हो ।
दुई दिन गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
धुरादेको कैलपाल मन्दिरमा सोमबारदेखि जात्रा सुरु भई मंगलबार समापन हुनेछ । धुरादेको कैलपाल मन्दिरमा हरेक वर्ष कात्तिक कृष्ण पञ्चकी र षष्ठीका दिन जात्रा लाग्ने र पूजापाठ गरिन्छ ।
प्रतिक्रिया