ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा दुई सय विपन्न परिवारका लागि शौचालय निर्माण

मङ्गलबार ०२, पुष २०८१ ०५:१२

धनगढी । आर्थिक रुपमा विपन्न परिवारका लागि शौचालय निर्माण गरेर मङ्गलबार धनगढीमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

जापान, क्यानडा र भारतलगायतका दाताको सहयोगमा उपमहानगरपालिकाका वडा नम्बर १ मा  ४३ , २ मा  ३८, ३ मा ४०, ४ मा १०, ११ मा ३७ र १३ मा ३२ गरेर दुई सय शौचालय हस्तान्तरण गरिएको रोटरी क्लब अफ कास्कीका अध्यक्ष तथा संस्थापक सचिव किरणलाल श्रेष्ठले  बताए । 

यस्तै सोही क्लबको सहयोगमा धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीलाई झोलासमेत वितरण गरिएको श्रेष्ठले बताए । 

हस्तान्तरण समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाश देउवाले आर्थिक रुपमा विपन्न परिवारको सरसफाइमा सहयोग पुर्‍याउन क्लबले महत्त्वपूर्ण कार्य गरेको बताए । 

प्रतिक्रिया