ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको चुरेका घाइते र मृतकका परिवारलाई आर्थिक सहयोग

बिहिबार २७, कार्तिक २०८२ ११:३२

धनगढी । कैलालीमा भीरबाट घसेर घाइते भएका १० वर्षीय योगेन्द्र साउदलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । चुरे गाउँपालिका–२ बसन्तपुरका साउद गोठालो जाने क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका थिए । 

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बालकका उपचारका लागि स्थानीय युवाहरूले सहयोग अभियान सञ्चालन गरेका छन् ।

समाजसेवी मनोज साउदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत २१ हजार ७९१ रुपैयाँ संकलन गरी उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो ।

यस्तै, सोही गाउँपालिकाकी टिकेश्वरी बिकका परिवारका लागि पनि सहयोग अभियान सञ्चालन गरिएको छ । टिकेश्वरीको भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा परी निधन भएको थियो । घरको जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि परिवार आर्थिक संकटमा परेपछि मनोज साउद र गणेश बिकको नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको हो ।

देशविदेशमा रहेका सहयोगी दाताहरूबाट २६ हजार ७९१ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये १७ हजार ४१५ रुपैयाँ मृतककी आमा सिता देवी बिकलाई क्रिया खर्चका लागि हस्तान्तरण गरिएको छ । बाँकी रकम ९ हजार ३७६ रुपैयाँ स्थानीय सरकारको रोहवरमा औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको अभियन्ता साउदले बताए । 

प्रतिक्रिया