ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा मृत भेटिएकी वृद्धाको हत्या आशंका, अनुसन्धानमा सई थापाको टोली

बुधबार २८, माघ २०८२ ०४:१३

धनगढी । दार्चुलामा घरमै मृत फेला परेकी एक वृद्धाको हत्या आंशमा अनुसन्धान अगाडि बढाइएको छ । शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा एक्लै बस्दै आएकी एकल महिला मृत फेला परेकी हुन् । घटनास्थलमा प्रहरी निरीक्षक निरजसिंह भाटसहितको टोली खटिएको छ । 

घरमा एक्लै बस्ने वृद्धा जोशीकोशव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी जोशीको सुनका गरगहना लुटपाट गरिएकोले हत्याको आशंका गरिएको छ ।

यस्तै, घटना अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पनि अनुसन्धान गर्न टोली पठाइएको छ । सो कार्यालयबाट सई पदम थापाको नेतृत्वमा एक टोली पठाइएको बताइएको छ । सो टोलीले घटनास्थल पुगेर अनुसन्धान थालिसकेको बताइएको छ । थापा अपराध अनुसन्धानमा सुदूरपश्चिममै अब्बल प्रहरी मानिन्छन् । 

प्रतिक्रिया