धनगढी । कैलालीको गौरिगङ्गा नगरपालिकास्थित खोलाहरुमा अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । नगरपालिकाले ठेक्का लगाएका खोलाहरुमा अवैध रुपमा उत्खनन भइरहेको हो ।
बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले गौरिगङ्गास्थित शिवगङ्गा खोलामा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेका दुई वटा जेसीबी नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सो क्षेत्रमा इजाजत बिना अवैध मेसिन हालेर उत्खनन गरिरहेको अवस्थामा गाडी समातिएको हो । सो पालिकामा यसअघि पनि अवैध उत्खनन हुने गरेकोमा केही समय पहिले मालाखेती प्रहरीले पनि दुई वटा टिप्पर र एक जेसीबी समातेको थियो ।
प्रतिक्रिया