ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको एकमात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’को विजोग, एक्सरे पनि हुँदैन

बिहिबार २७, कार्तिक २०८२ १२:४५

धनगढी । संघीय सरकार मातहत रहेको सुदूरपश्चिमको एकमात्र अस्पताल हो, डडेल्धुरा अस्पताल । जसलाई सरकारले  ‘विशिष्ट विशेषज्ञ अस्पताल’ भन्दै आएको छ । तर, अस्पतालको सेवा भने झन खस्किदै गएको छ । 

पाँच महिनादेखि ठुलो एक्सरे मेसिन बिग्रिएर ठप्प हुँदा बिरामीहरू उपचारका लागि धनगढीसम्म धाउन बाध्य भएका छन् । अस्पतालमा दुईवटा एक्सरे मेसिनमध्ये सानो मेसिन मात्र सञ्चालनमा रहेको र त्यसबाट हातखुट्टा भाँचिएको सामान्य एक्सरे मात्र गर्न सकिने अस्पतालले जनाएको छ । ठुलो एक्सरे मेसिन बिग्रिएपछि ढाड, घाँटी, कम्मरलगायत जटिल खालका एक्सरे हुन नसकेर बिरामीहरूलाई निजी अस्पताल वा धनगढी रेफर गर्नुपर्ने बाध्यता रहेको छ । 

मेसिन पुरानो हुँदा पटकपटक बिग्रिँदै आएको र यसपालि मर्मत गर्न नसकिएपछि नयाँ मेसिन खरिदका लागि टेण्डर प्रक्रिया सुरु भइसकेको अस्पतालले जनाएको छ । 

अस्पतालकी मेसु डा. सुधा देवकोटा दसैँअघि अस्पतालबाट बाहिरिएकी थिइन् । उनी अझै फर्किएकी छैनन् । यसबीच, अस्पतालका कर्मचारीहरू आर्थिक संकटमा परेका छन् । चार महिनादेखि तलब भुक्तानी नभएछि उनीहरूसमस्यामा परेका हुन् । 

प्रतिक्रिया