धनगढी । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५८ जनाको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उक्त निर्णय गरेका छन् । अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गरेका छ्न् ।
डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएको छ । जोशीको जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा भएको हो । उनको स्थानमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट कल्पना घिमिरे नेपाललाई पठाइएको छ । यस्तै डोटीकै सहायक प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएको छ ।
इलाका प्रशासन कार्यालय टीकापुरका उपसचिव कृष्ण थापाको पनि सरुवा भएको छ । उनको जिल्ला प्रशासन कार्यालय बैतडीमा सरुवा भएको हो । उनका स्थानमा गृह मन्त्रालयकाबाट उपसचिव तारानाथ पनेरुलाई पठाइएको छ ।
यस्तै, अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको पनि सरुवा भएको छ । उनको जिल्ला प्रशासन कार्यालय सुनसरी सरुवा गरिएको हो ।
प्रतिक्रिया