काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आज सिंगापुरबाट स्वदेश फर्किँदै छन् । देउवा र उनकी पत्नी आरजु राणा देउवा आज स्वदेश फर्किन लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका उनीहरू उपचारका लागि भन्दै कात्तिक १० गते सिंगापुरतर्फ प्रस्थान गरेका थिए ।
२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक भएका थिए ।
प्रतिक्रिया