ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सन्तोष परियारले छोडे रास्वपा

शुक्रबार २८, कार्तिक २०८२ ०२:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी छोडेका छन् ।

उनले पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै आज पार्टी छोडेको घोषणा गरेको बताइएको छ । उनले कार्यवाहक अध्यक्ष डीपी अर्याललाई राजीनामा पत्र बुझाएका छन् । 

प्रतिनिधिसभामा रास्वपाको तर्फबाट प्रमुख सचेतक भएका परियार पार्टीमा सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए । परियार जनार्दन शर्माले सुरु गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लाग्ने बताइएको छ । 

प्रतिक्रिया