ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा प्रहरी नै गर्छन् तस्करीको सामान बिक्री, कारबाहीमा हवल्दार

बुधबार ०३, पुष २०८१ ०८:३७

धनगढी । कैलालीको धनगढीमा प्रहरीले नै तस्करीको सामान बिक्री गर्ने गरेका छन् । 

धनगढी स् धनगढीमा तस्करीको सामान बिक्री गर्ने एक प्रहरी सहायक हवलदारलाई कारबाही गरिएको छ। 

त्रिनगर प्रहरी चौकी धनगढीका प्रहरी सहायक हवल्दार विक्रम चन्दलाई तस्करीको सामान बिक्री गरेको आरोप लागेको थियो । उनले नौं महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप थियो । 

उक्त आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा चन्दलाई कारबाही गरिएको छ । 

चन्दलाई कारबाही गर्दै अछाम फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अछाममा दरबन्दी रहेका चन्द कैलालीको त्रिनगर प्रहरी चौकीमा कार्यरत थिए । 

चन्दले तस्करीको सुर्ती लगायतका सामान बिक्री गर्दै आएको भेटिएको हो । 

प्रतिक्रिया