धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीद्वारा धनगढीमा आज र्यालीसहित जनसभा आयोजना गरिएको छ ।
विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटीले र्याली निकालेर जनसभामा परिणत गरेको हो ।
एमाले पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा र्याली सुरु भएको थियो । र्यालीमा जिल्ला इन्चार्ज नारदमुनि राना, जिल्ला अध्यक्ष यज्ञराज ढुंगानासहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।
अहिले सो सभामा नेताहरुले सम्बोधन गरिरहेका छन् ।
प्रतिक्रिया