ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ५ मा उम्मेदवार हुन इच्छुकलाई नाम दर्ता गराउन काँग्रेसको आह्वान

सोमबार २२, मङि्सर २०८२ ०२:४६

धनगढी । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले उम्मेदवार हुन इच्छुकलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।

भोलि १० बजेदेखि २ बजेसम्म नाम दर्ता गराउन क्षेत्रीय समितिले सूचना जारी गर्दै आह्वान गरेको हो । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्नुपर्ने भएकाले नाम दर्ता गर्न आह्वान गरिएको क्षेत्रीय सभापति भीम पडालले बताए । 

‘नेपाली काँग्रेसको विधान अनुरुप तथा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तोकेको मापदण्डलाई समेत आधार मानी उम्मेदवारको योग्यता भएका नेता तथा कार्यकर्ताले तोकिएको समय सीमाभित्र नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालय धनगढीमा आई आफ्नो उम्मेदवारी सिफारिस दर्ता गरिसक्नु पर्ने व्यहोराका साथ यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

प्रतिक्रिया