ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित, सरदरभन्दा ९ डिग्रीले घट्यो तापक्रम

बुधबार ०९, पुष २०८२ ०१:०६

धनगढी । पश्चिम तराईमा केही दिनदेखि चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले चिसो बढेको छ । 

मौसमविद् सरोज पुडासैनीका अनुसार मंगलबार धनगढीको अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जबकि यहाँको यो समयको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस हो । तर सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिकी प्रभावित भएको छ । यस्तै मौसममा आएको खराबीका कारण हवाई उडान पनि प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने देखिएकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया