बैतडी । बैतडीमा पिङ खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ग्वाल्लेकका १४ वर्षीय सन्तोष जोशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घर नजिकै बाख्रा चराउन गएका सन्तोष रुखमा पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर बेहोस भएका थिए ।
बेहोस भएका जोशीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रतिक्रिया