ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सर्वाधिक मत पाएर पनि रास्वपाको समानुपातिक सूचीमा अटाएनन् सुदूरपश्चिमका जैरु

बुधबार १६, पुष २०८२ ११:३०

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्रि–इलेक्सनमा दलिततर्फ सबैभन्दा धेरै मत ल्याएका विजय जैरु समानुपातिक सूचीमा अटेनन् ।

पार्टी स्थापनाकालदेखि रास्वपासँग जोडिएका उनले सुदूरपश्चिम प्रदेशमा तीन वर्षदेखि संगठन विस्तारलाई जोड दिएका थिए । 

पार्टी संगठनभित्र बलियो पकड बनाएकैले आन्तरिक भोटिङमा १३ हजार बढी मत ल्याएका उनलाई अन्ततः समानुपातिक सूचीमा राखिएन ।

आफूलाई नेतृत्वले एकपटक पनि नसोधी सूचीमा नराखेको भन्दै जैरुले दुःख व्यक्त गरेका छन् । उनले आन्तरिक प्रतिस्पर्धाका विभिन्न विधामा अब्बल प्रस्तुति गरेको दाबी गरे । डडेल्धुरा जन्मेका जैरुको बसोबास अहिले कञ्चनपुरमा छ ।
 

प्रतिक्रिया